२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

अ+ अ-

काठमाडौँ । भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छन्।

कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता गराएकी हुन्।

यसअघि कालापत्थरमा महिला स्काइ डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो। महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेकी हुन्। न्यूजिल्याण्ड र अमेरिकाका दुई स्काइ डाइभरको रेकर्ड थियो ।

४१ वर्षीय महाजन भारतको पुनेकी स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन्। उनले भारतको प्रसिद्ध पद्यमश्री पुरस्रकार प्राप्त गरिसकेकी छन्। ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गरेको कम्पनीले जनाएका अध्यक्ष सुमन पाण्ले जानकारी दिए।

महाजनको रेकर्ड गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ। रेकर्ड प्रमाणित गर्न कागजात वल्र्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजिक एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ। यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले विश्व रेकर्ड राखेकामा महाजनलाई बधाई दिँदै यस्ता साहसिक क्रियाकलापले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

स्काई डाईभर महाजनले लामो समयदेखिको आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रिय रुपमा लाग्ने बताइन्। एभरेस्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेका अनुसार एभरेस्ट स्काई डाईभ असाध्यै आकर्षक र साहसिक खेलको रुपमा चर्चित छ। चर्चित अन्तर्राष्ट्रिय मिडिया सिएनएनले जीवनभरमा गर्नुपर्ने साहसिकमध्ये स्काई डाईभलाई पाँच नम्बरमा राखेको छ।

“धेरै विदेशी नागरिक सगरमाथा आरोहण र पदयात्रा गर्न आउँछन्। तर, सगरमाथा आरोहण गर्न नसक्नेलाई सगरमाथाको उचाइबाट स्काइडाइभ गर्ने फरक दृष्टिकोणबाट सगरमाथाको अवलोकन गर्छन्। यो पनि मूल्यवान कुरा हो। उनीहरुले ‘स्टोरी’ लिएर जान्छन्। यसले नेपाल गन्तव्यको प्रवर्द्धन हुन्छ”, अध्यक्ष पाण्डेले भने।

स्काई डाईभ एक साहसिक खेल पर्यटन हो। विश्वभर सात लाख स्काई डाइभर रहेको बताइन्छ। दुबईमा समुद्रबीचको टापुमा स्काइ डाइभ गरिन्छ। मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ । इजिप्टमा पिरामिडको अगाडि स्काइ डाइभ हुन्छ। स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ। जुन जीवनकालकै बहुमूल्य हुन्छ। नेपालको स्काइ डाईभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरबाट स्काइ डाइभको आकर्षण हुन्छ।

मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काइ डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताए। स्काइ डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले उल्लेख गरे।

नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ सुरु भएको हो। यसले धेरै विश्व रेकर्ड कायम भएको छ। कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काइ डाइभ हुँदै आएको छ । सन् २००९ मा हाईएस्ट ‘स्काई डाइभ’ कालापत्थरमा भएको थियो।