९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरद्वारा ४ महिनामा २ अर्ब ९२ करोड राजस्व सङ्कलन

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिकमा काठमाडौँ महानगरपालिकाले २७ दशमलव ११ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व विभागले जनाएको छ ।

महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ सङ्कलन भएको थियो ।

प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम सङ्कलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएकोमा २९ लाख ४० हजार उठाएको हो ।

१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख रुपैयाँ अर्थात् २७ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन भएको छ । गत वर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएकोमा पहिलो चौमासिकमा ५२ करोड ४७ लाख रुपैयाँ अर्थात् ५२ दशमलव ४८ प्रतिशत राजस्व उठेको थियो ।

यस वर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख अर्थात् ३० दशमलव ८० प्रतिशत राजस्व सङ्कलन भएको छ । यही शीर्षकमा गएको वर्ष २ अर्ब लक्ष्य राखिएकोमा ४० प्रतिशत अर्थात् ७८ करोड ३७ लाख सङ्कलन भएको थियो ।

यस वर्ष १ अर्ब २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख रुपैयाँ अर्थात् ९.१० प्रतिशत राजस्व सङ्कलन भएको छ । गत वर्ष २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको पहिलो चौमासिकमा ११ करोड ६८ लाख ३५ हजार राजस्व सङ्कलन भएको थियो ।

यस्तै महानगरले पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख अर्थात् लक्ष्यको ५९ दशमलव ११ शुल्क आम्दानी भएको छ । यस्तै अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा महानगरले चौमासिक अवधिमै ५० लाख ९६ हजार राजस्व सङ्कलन गरेको हो ।

यसअवधिमा नाता प्रमाणित दस्तुरबाट १७ लाख ७४ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ७५ लाख ७६ हजार ४३ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । महानगरले यस अवधिमा नाता प्रमाणित दस्तुरबाट ५० लाख रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट २ करोड रुपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ७१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । महानगरमा पहिलो ४ महिनामा विज्ञापन करबाट लक्ष्यको ४.९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार रुपैयाँ प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस