१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, आजै बढुवा 

अ+ अ-

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी प्राप्त भएको छ । 

पहिलो नम्बरमा सिफारिस दवाडी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक रहेकी छिन् भने दोस्रो नम्बरका मिश्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक र तेस्रो नम्बरमा सिफारिसमा परेका घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतकै खानी तथा भूगर्भ विभागका महानिर्देशक हुन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(ऊर्जा) दिनेशकुमार घिमिरेले अनिवार्य अवकाश हुन एक महिना बाँकी रहँदै पदबाट राजीनामा दिएसँगै सचिव पद रिक्त हुन पुगेको थियो । 

सम्बन्धित समाचार मन्त्रिपरिषद्को निर्णय : सुन तस्करी छानबिन आयोगमा जनशक्ति थपदेखि सचिवको राजीनामा स्वीकृतसम्म

अहिले केही बेरमा शुरु हुन लागेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरिएका तीन जनामध्ये एकलाई सचिव बढुवा गर्ने निर्णय गर्दै छ । 

सम्बन्धित समाचार : मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

नियमित र स्वभाविक प्रक्रियाबाट नै बढुवा गरेको अवस्थामा पहिलो नम्बरमा सिफारिस सहसचिवलाई सचिव बनाउने निर्णय गर्नेछ भने सरकारलाई लागेको अवस्थामा तीन मध्ये दुई र तीन नम्बरबाट पनि गर्न सक्ने छ । 

प्रतिक्रिया दिनुहोस