१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तेजनाबाट होइन, शान्तिपूर्ण मार्गबाट समस्याको निकास खोजौँ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजनाबाट नभई शान्तिपूर्ण मार्गबाट समस्याको समाधान खोजिनु पर्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका क्रममा गृह जिल्ला तेह्रथुम पुगेका उनले पहिचानको नाममा भइरहेका गतिविधि प्रति लक्षित गर्दै विरोध प्रदर्शन, हिंसात्मक गतिविधि र मुठभेडबाट समस्याका निकास ननिक्लने उल्लेख गरे ।

नेकपा एमाले तेह्रथुमले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रममा ओलीले सल्लाका रुख ढालेर समस्याका समाधान नहुने भन्दै शान्तिपूर्ण व्यवहार प्रस्तुत गर्नु पर्नेमा जोड दिए । बाटाका ढुंगामुढा व्यवधानले समस्याको समाधान हुँदैन,ु उनले भने, सल्लाका रुख ढालेर र नचाहिने कुरा गरेर समस्याको निकास निक्लँदैन । सङ्कल्प यात्रा कसैको विरोधका लागि नभएर समग्र देश र जनताको लागि रहेको भन्दै उनले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य सबैको हितमा रहेको दाबी गरे । उनले विरोध गर्नेहरूकै हितको लागि सङ्कल्प यात्रा रहेको समेत बताए ।

‘जेलनेल, बलिदानी, दुःख कष्ट सहेको हाम्रो निम्ति होइन, ‘उनले भने, ‘सबैका लागि हो र विरोध गर्नेहरू कै लागि पनि हो ।’ उत्तेजना छोडेर शान्तिपूर्ण ढङ्गले समस्याको निकास तथा समाधान खोजिनु पर्ने उनको भनाइ थियो । जे गरेपनि आन्दोलन होइन, कालो झण्डा देखाउने वा हिंसात्मक रूप, मुठभेडमा लैजानु समस्याको समाधान नहुने भन्दै ओलीले लोकतन्त्रमा धैर्यता र लोकतान्त्रिक विधिबाट समस्याको समाधान निस्कने उल्लेख गरे ।

फरक प्रसङ्गमा ओलीले एमाले नेतृत्वको सरकारलाई गलत ढङ्गले हटाइएकोले मुलुक सङ्कटमा रुमल्लिएको बताए । प्रभावकारी र सुशासनका काम गरेकोले जनता आफ्नो पक्षमा आएपछि विरोधीहरू आत्तिएर प्रयोग नगर्नु पर्ने संस्थाहरू प्रयोग गरी सत्ताबाट हटाएको उनको कथन थियो । ‘हामीलाई सरकारबाट बाहिर धकेल्दा हामी मात्र अन्यायमा परेनौँ, ‘उनले थपे, ‘देश अनि जनता प्रति अन्याय भयो, उकालो लागिरहेको देश फेरि ओरालो लाग्यो ।’

प्रतिक्रिया दिनुहोस