९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली नदीबारे लुम्बिनी र सुदूरपश्चिमबीचको विवाद समाधान गर्न विज्ञ टिम बनाउने सहमति

kamal-bahadur-shah_dilli-bahadur-chaudhari
अ+ अ-

काठमाडौँ। कर्णाली नदीको नदी जन्य स्रोतको उपयोग तथा संरक्षणका विषयमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच विवाद सृजना भएको छ । लामो समयदेखि कर्णाली तटीय क्षेत्रमा रहेका दुवै प्रदेशका स्थानीय तहबीच विवाद भइरहेको हो । यसको समाधानको लागि दुवै प्रदेशका मुख्यमन्त्री सहितका प्रतिनिधिहरू एक आपसमा छलफल थालेका छन् ।

मंगलवार लुम्बिनी प्रदेशको बर्दियामा आयोजना गरिएको मुख्यमन्त्री स्तरीय संयुक्त संवादमा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समस्या समाधान गर्न सहमत भएका हुन् । समस्या समाधान गर्न सुदूरपश्चिमका कामु प्रमुख सचिव डा. हरिप्रसाद लम्साल र लुम्बिनी प्रदेशका निमित्त सचिव सुमन घिमिरेलाई विज्ञ समूह बनाउने जिम्मा दिने सहमति भएको थियो ।

संवाद समूह सचिवालय तुलसीपुर दाङले आयोजना गरेको कार्यक्रममा दुवै प्रदेशका मुख्यमन्त्री सहित, विभागीय मन्त्री , राज्य मन्त्री , प्रतिनिधि सभा सदस्य, सचिव, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रशासकीय अधिकृत,डिभिजन वन,निकुञ्ज, रानी जमरा कुलरिया सिचाइ आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना लगायतका सबै निकायका प्रतिनिधिहरू उपस्थित थिए ।

पुसको तेस्रो साता भित्र विज्ञ टिमले समस्या समाधानको पहिचान गर्ने र त्यसको समाधानको लागि दुवै प्रदेश सरकार सहमत हुने जनाइएको छ । त्यसपछि संघीय सरकारलाई नीतिगत निर्णयको लागि आग्रह गर्ने तयारी गर्ने विषयमा मंगलवार दुई प्रदेश सरकार बिच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस