९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री ज्वाला नेतृत्वको टोलीले गर्‍यो दार्चुला-तिङ्कर सडकको अनुगमन 

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले दार्चुला-तिङ्कर सडकको अनुगमन गरेको छ । आज (बिहीवार) मन्त्री ज्वालासहितको टोलीले सडक आयोजनाको स्थलगत अनुगमन गरेको हो ।

मन्त्री नेतृत्वको टोलीले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको व्यास गाउँपालिकाको तुसरपानीदेखि तिङ्करसम्म ७९ किलोमिटर सडकको जिरो प्वाइन्टको अनुगमन गरेको हो । ७९ किलोमिटरमध्ये अहिलेसम्म १० किलोमिटर सडकको ट्र्याक खोलिएको छ ।

मन्त्री ज्वाला नेतृत्वको टोलीले व्यास गाउँपालिका-१ को छाङरु र तिङ्करको हवाई निरीक्षण पनि गरेको छ । निरीक्षणका क्रममा मन्त्री ज्वालाले तिङ्कर सडकको काम चाँडो सक्न नेपाली सेनालाई निर्देशन दिए । सडकको राष्ट्रिय महत्त्वलाई ध्यानमा राख्दै आवश्यक बजेटको व्यवस्था मन्त्रालयबाट गरिने उनले बताए ।

अनुगमन टोलीमा मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सहसचिव उमेश विन्दु श्रेष्ठ, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका सु ई श्यामबहादुर खड्का, नेपाली सेनाका विकास निर्माण निर्देशनालय प्रमुख विकास पोखरेलको सहभागिता थियो ।

हिजो (बुधवार) बसेको प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तुसारपानी-कोठेधार-तिङ्कर सडक खण्डको काम यथाशीघ्र सम्पन्न गर्न आवश्यक बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस