९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी, सहकारीको रजिष्ट्रार हुँदा १ करोड बढी घुस लिएको आरोप

अ+ अ-

पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको कार्यक्षेत्र थपका लागि घुस लिएको देखिएसँगै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए । उनीविरुद्ध केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको पनि अधिकारीले जनाएका छन् ।

कुश्मा आउनुअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत पराजुलीले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको खुलासा भएको प्रहरीको भनाइ छ ।

सहकारीका सञ्चालकहरूले दिएको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा घुस लिएको बताएसँगै प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस