१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३५ अर्ब तानेको भोलिपल्टै २० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

अ+ अ-

काठमाडौँ । बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिचेको भोलिपल्टै नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब तरलता खिच्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार (११ पुस) निक्षेप सङ्कलन उपकरण मार्फत ३५ अर्ब तरलता खिचेको थियो । बुधबारको बोलकबोलमा बैंकहरुले ३५ अर्ब तरलता राष्ट्र बैंकमा राख्न ३८ अर्ब ४० करोड रुपैयाँको बोलकबोल पेश गरेका थिए ।

राष्ट्र बैंकले औसत २.८५९४ प्रतिशत ब्याजदरमा ३५ अर्ब निक्षेप लिएको हो । अधिकतम ३.१२०० प्रतिशत र न्यूनतम २.४९ प्रतिशत ब्याजदरमा बैंकहरुले निक्षेप राख्नु प्रस्ताव गरेका थिए । बुधबार ३५ अर्ब तरलता खिचेपछि पुनः राष्ट्र बैंकले बिहीबार थप २० अर्ब तरलता खिच्न निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दर भन्दा अन्तरबैंक ब्याजदर कम भएपछि राष्ट्र बैंकले रिभर्स रिपो वा निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने गर्दछ ।

७ साउनमा ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले निक्षेप सङ्कलन दर ४.५ प्रतिशत कायम गरेको थियो । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत त्यसलाई घटाएर ३ प्रतिशतमा ल्याएको छ ।

चालु आर्थिक वर्षमा मौद्रिक नीतिमा नै राष्ट्र बैंकले निक्षेप सङ्कलन दरमा बैंकहरुलाई स्थायी निक्षेप सङ्कलन सुविधा दिने बताएको थियो । तर, त्यसको कार्यविधि बनेर कार्यान्वयनमा आउन तेस्रो त्रैमाससम्म लाग्ने राष्ट्र बैंकले जनाएको छ ।