२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा मनाइयो ‘पुसे पन्ध्र’

अ+ अ-

चैनपुर (बझाङ) आज पुस १५ गते उत्तरायणको सुरुआत । यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ । वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन् ।

पुसे पन्ध्रको रूपमा चर्चित यो पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ । केही स्थानमा घरमा १५ परिकार पकाएर खाने चलन पनि छ ।

संस्कृतिका जानकार विष्णुभक्त जोशी भन्छन्, “आजको दिनलाई सुदूरपश्चिमवासीले विभिन्न कोणबाट नयाँ यामको सुरुआत भएको कुरालाई अर्थ्याउने गर्दछन् ।” लामो दिनहरू सुरु हुने, वसन्त ऋतुको आगमन हुने, आकाशे पानी तथा हिमपात भएर खेतीपाती सप्रने, नयाँ दिनको सुरुवात हुने हुँदा सुदूरपश्चिमबासीले यो पर्व मनाउने गरेको उनले बताए ।

उनका अनुसार पुसे पन्ध्र सुदूरमा मात्रै नभएर मध्यपश्चिममा पनि मनाउने गर्दछन् । कतिपय समुदायमा १५ गते भएकोले १५ वटै परिकार बनाएर खाने गरेको उनले बताए। वित्थडचिर गाउँपालिकाका महेश विष्ट पनि पुसे पन्ध्र विशेष पर्व भएको बताउँछन् । दिदी बहिनी माइती आउनेदेखि घर परिवारमा नयाँ नयाँ परिकार बनाएर नयाँ दिनलाई स्वागत गर्नका लागि यो पर्व मनाउने गरेको उनले बताए। उनले भने, “आज राति प्रत्येकको घरघरमा निसास्या (चामल पिठोको ठूलो रोटी) पकाएर खाने, वृद्धवृद्धाबाट लोक कथा, दन्त्य कथा, गाउँ खाने कथा सुन्ने सुनाउने प्रचलन छ । विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनी फल्ने कुरालाई खाने चलन छ ।”

उनका अनुसार यसरी खाँदा जाडो भाग्ने र शरीरमा फुर्तिलो हुने विश्वासले पनि रातभर जाग्राम बस्दै खाने किंवदन्ती छ । सुदूरपश्चिममा कुनै ठाउँमा पुसे पन्ध्रका दिन वन पूजा गर्ने चलन पनि छ । खप्तडछान्ना-४ का हेमराज जोशीले भने, “आजको दिन कृषि औजार बन्चरो, हँसिया, नाम्लो आदिको पनि पूजासमेत गरिन्छ । आजको दिन वन पूजा गर्दा काम गर्ने बेलामा चोटपटक नलाग्ने विश्वास रही आएको छ ।”

उनका अनुसार पुस पन्ध्रलाई मानव संस्कृति र सभ्यताको अभिन्न अङ्कका रूपमा पनि व्याख्या गर्दछन् । रातभर खेलिने देउडा खेलमा सभ्यता, संस्कृति, पहिचान, रीतिरिवाजसँग सम्बन्धित रहेर देउडाका सवाल जवाफ हुने उनले बताए।