२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचारी मन्त्रीले कर्मचारीको जिम्मेवारी खोसेर बलिको बोका बनाए’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले बालकुमारी घटनामा जनताको आक्रोशलाई मत्थर पार्न गृह प्रशासनले तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाएर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गरेको आरोप लाएका छन् । 

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले प्रहरी परिचालनमै गृहबाट कमजोरी भएकोले उक्त घटनामा आफ्नो गल्तीलाई ढाकछोप गर्न तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाउन नहुने उनको भनाई छ । पन्तले भने, ‘जनपथ प्रहरी र गृह प्रशासन पनि यो घटनामा चुकेको देखियो । जनताको आक्रोश मत्थर पार्ने कामका लागि सिडियोलाई तान्ने आयोग बनाउने गर्नुभयो त्यो आफ्नो ठाउँमा ठिक होला तर, आफू जनताको आक्रोशबाट बच्नका लागि तलका कर्मचारीहरूलाई बलिको बोका बनाउन पाईंदैन ।’

उनले भ्रष्टाचारीलाई क्याविनेटमा राखेर प्रधानमन्त्रीले सुशासनको भाषण गरेको भन्दै सरकारको आफ्नै भनाई र गराई मै फरक भएको उल्लेख मात्र गरेनन्, बालकुमारी घटनाको परिस्थिति उत्पन्न हुनुमै पूर्ण रूपमा श्रम मन्त्रालय जिम्मेवार रहेको बताए ।

प्रमाण दिँदै पन्तले भने, ‘तपाईँको श्रम मन्त्रीले सात सय रुपैयाँ पर्ने अभिमुखीकरण तालिमको प्रमाणपत्र लिनलाई एकलौटी निर्णय गरेर तीन गुणा मूल्य बढाएर २८ सय पुर्‍याए । एजेन्सीले एकमुष्ट पैसा उठाए,त्यो निर्देशिका परिवर्तन गर्न पनि रोजगार बोर्डको जुन बैठक बस्नुपर्ने हो बैठक नै बसेको छैन ।

श्रममन्त्रीले एकलौटी निर्णय गरेर लुकाएर राखेका छन् । त्यस्तो निर्णय लागू भइरहेको छ । त्यसैले अस्तिको स्थिति उत्पन्न हुनुमा तपाईँको श्रम मन्त्री पूर्ण रूपमा जिम्मेवार छन् । देशको प्रत्येक परिवार कुनै न कुनै रूपमा जोडिएको श्रम मन्त्रालयमा भ्रष्टाचार हुने र जिम्मेवारी पूरा नगरेपछि जनताको आक्रोश बढ्छ कि बढ्दैन ?’