२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धोती लगाएर जनमतका मन्त्री मन्त्रालयमा

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह आज धोती लगाएर मन्त्रालय पुगेका छन् ।

जनमत पार्टीले जनवरी १ मा विगतमा जस्तै आज ‘राष्ट्रिय धोती दिवस’ मनाएको छ । यो अवसरमा जनमतबाटै मधेशमा मन्त्री बनेका यादव र सिंह धोती लगाएर पहिलो पटक मन्त्रालय पुगेका हुन् । मन्त्रीद्वय यादव र सिंह पार्टीका नेता-कार्यकर्तासहित मधेस भवन पुगेर शुभकामना आदान-प्रदान गरेका छन् ।

मन्त्रालय पुगेर मन्त्रीद्वय यादव र सिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । ‘राष्ट्रिय धोती दिवस’ लाई राज्यबाट मान्यता दिनुपर्ने माग राख्न खोज्दा मुख्यमन्त्री भेट्न नपाएको उनीहरूले बताए ।

दिवस निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि आज बिहान माइतीघरबाट जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलगायतका नेता कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूलाई तत्काल छाड्न मन्त्री यादवले माग गरे ।

उनले भने, ‘धोती दिवस मनाउँदा राष्ट्रिय अध्यक्ष डा. राउतलाई पक्राउ गर्नु भनेको मधेसीको पहिचान र पहिरनमाथि प्रहार गर्नु हो । सरकारले माफी माग्नुपर्छ ।’