६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि उपकुलपति कप आजदेखि, भलिबलमा २७ क्याम्पसले प्रतिस्पर्धा गर्ने

अ+ अ-

काठमाडौँ । त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको आज एक समारोहकाबीच ललितपुरको जावलाखेलमा उद्घाटन हुन लागेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा हुने यो प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ । ११ गतेसम्म चल्ने प्रतियोगितामा भलिबलसहित बास्केटबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी ५ खेलको प्रतिस्पर्धा हुनेछ ।

उक्त खेलको शनिबार आयोजकले टाइसिट सार्वजनिक गरिसकेको छ । जसमा भलिबलतर्फ त्रिविअन्तर्गत रहेका देशका विभिन्न स्थानका २७ क्याम्पसले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी बास्केटबलमा १९ टोली सहभागी छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ । ५ समूहमा २-२ तथा ३ समूहमा तीन/तीन टोली समावेश गरिएको छ । यसमा लिग चरणको खेलपछि प्रिक्वाटरफाइनल खेल हुनेछ ।

आजै जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबलका खेल सुरु हुनेछन् । त्यसअघि उद्घाटन समारोह हुनेछ । बास्केटबल खेलहरु आजदेखि नै सुरु हुनेछन् र ११ गते फाइनल हुनेछ । बास्केटबलका खेलहरु कीर्तिपुर नगरपालिकाको कभर्डहलमा हुनेछ ।

ब्याडमिन्टनमा महिला सिंगल्स, पुरुष सिंगल्स, महिला डबल्स र पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन प्रतियोगिता त्रिभुवन विश्वविद्यालय, स्मृतिभवन हुनेछ। यस्तै टेबलटेनिसमा महिला सिंगल्स र पुरुष डबल्स गरी दुई विधामा मात्र खेल हुनेछ । टेबल टेनिस प्रतियोगिता त्रिभुवन विश्वविद्यालय खेल विज्ञान भवन (पुरानो विद्यार्थी क्लव, त्रिवि सेवा आयोग अगाडि) हुनेछ ।

एथलेटिक्स प्रतियोगिता भने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला माघ १० गते बिहान ८ बजेदेखि हुने हुनेछ । एथ्लेटिक्समा सबैभन्दा धेरै खेलाडी सहभागी छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यही माघ चौथो साता युनिभर्सिटी कप खेलकुद आयोजना गर्न लागेको छ । त्यसैको तयारी स्वरुप विभिन्न क्याम्पसबाटै खेलाडीहरुको प्रतिभा पहिचान गर्ने उदेश्यले त्रिविले विभिन्न खेलको प्रतियोगिता गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस