८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेशी कच्चा पदार्थको उद्योगलाई प्राथमिकता दिइएको छ : मन्त्री रिजाल 

अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थको उद्योगलाई प्राथमिकता दिइएको बताएका छन् । 

पश्चिम नवलपरासीको बर्दघाटमा नमुना औद्योगिक ग्रामको शिलान्यास गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । ‘आर्थिक विकास र रोजगारी सिर्जनाको लागि औद्योगीकरण अत्यावश्यक छ । नेपालमै उपलब्ध हुने कच्चा पदार्थबाट उत्पादन हुने उद्योगलाई सरकारले पहिलो प्राथमिकता दिनेछ,’ उनले भने, ‘व्यापार घाटा कम गर्न बहुराष्ट्रिय कम्पनीलाई नेपालमा लगानीको वातावरण बनाउने र स्वदेशी उद्योगको प्रवर्द्धनमा यस्ता उद्योग ग्रामले सहयोग पुर्‍याउने छ ।’

औद्योगिक ग्रामको शिलान्यास कार्यक्रममा पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले कुल २१ करोड रुपैयाँ लगानीमा औद्योगिक ग्राम निर्माण हुने र यसले छरिएर रहेका साना उद्योग तथा स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालन हुने उद्योगलाई सहज हुने बताए ।

आफूले निर्वाचनको समयमा गरेको बाचाअनुसार औद्योगिक ग्रामको स्थापनाको लागि पहल गरेको भन्दै उनले यसको दीर्घकालीन सञ्चालनका लागि योजना बनाउने बताए । आर्थिक क्षेत्र प्राधिकरण, नेपाल ९सेज०ले बर्दघाटसहित देशभरका २० स्थानमा नमुना औद्योगिक ग्राम स्थापना गर्दै छ ।

बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ मात्र विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस