२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय नेताहरूलाई काँग्रेसले खटायो जिल्लामा, यी नेताहरूले पाए जिम्मेवारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले समुदायमा काँग्रेस अभियानका लागि केन्द्रीय नेताहरूलाई जिल्लामा खटाएको छ।

काँग्रेसले केन्द्रीय नेता र केन्द्रीय प्रतिनिधिलाई जिल्लामा खटाएको हो। केन्द्रीय प्रतिनिधिहरू भने यसअघि नै जिम्मेवारी पाएको जिल्ला पुगिसकेका छन्। केन्द्रीय नेतालाई माघ १६ गते तोकिएको जिल्ला पुगिसक्न केन्द्रीय कार्यालयले आग्रह गरेको छ।

समुदायमा काँग्रेस अभियान माघ १३ गतेदेखि सुरु भएको थियो। यो अभियान माघ २६ गतेसम्म चल्नेछ। माघ १६ गते भने नेता तथा कार्यकर्ताहरू आफू क्रियाशील सदस्य रहेको वडामा अनिवार्य जानुपर्ने र श्रम गर्नुपर्ने काँग्रेसको निर्देशन छ।

अभियानलाई प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक(फरक समुदायको बीचमा पुग्न र संवाद गर्न केन्द्रीय नेताहरूलाई पनि जिल्लामा खटाइएको काँग्रेसले जनाएको छ।

यो टोलीमा केन्द्रीय नेताहरूसँगै प्रदेशले तोकेका पदाधिकारी पनि रहनेछन्। यसैबीच समुदायमा काँग्रेस अभियानअन्तर्गत नै महामन्त्री गगन थापालगायत हुलाकी राजमार्गकेन्द्रित २१ जिल्लाका नागरिकहरूसँग कुराकानी गर्न अभियानमा हिँडेका छन्।

कोशी प्रदेश अन्तरगत झापा र सुनसरीमा शेखर कोइराला, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटामा नारायण खड्का, मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुरमा बलबहादुर केसीलाई पठाएको छ ।

मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी, धनुषा र सिन्धुली र मकवानपुरमा प्रकाशमान सिंह, बारा, पर्सा, रौतहट र सर्लाही तथा धादिङ र चितवनमा महालक्ष्मी उपाध्याय ‘डिना’लाई पठाएको छ ।

यस्तै बागमती प्रदेशका काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको छ भने ललितपुर, भक्तपुर, रामेछाप र दोलखाकामा पुष्पा भुसाललाई पठाएको छ ।

गण्डकी प्रदेशका तनहुँ, लमजुङ, गोरखा, पर्वत र नवलपुरमा महेन्द्र यादव, कास्की, स्याङ्जा, म्याग्दी र बागलुङमा २० प्रदीप पौडेल, लुम्बिनी प्रदेशका रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पामा विमलेन्द्र निधि, कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासीमा डा. डिला सङ्ग्रौलालाई पठाएको छ भने कर्णाली प्रदेशका दैलेख, सल्यान र सुर्खेतमा शशाङ्क कोइराला र सुदूरपश्चिम प्रदेशका कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुरमा भीष्मराज आङ्देम्बेलाई पठाएको छ ।