११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमको विकासमा आत्म समीक्षा जरुरी : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको विकासको लागि आत्म समीक्षा गर्न आवश्यक रहेका बताएकी छिन् ।

सोमबार नेपाल टेलिकमको २० औँ वार्षिकोत्सव समारोहमा उनले एक अर्कालाई दोष लगाएर उम्कनसक्ने अवस्थामा नरहेको भन्दै सरकारको तर्फबाट आत्म समीक्षा गर्न नीतिगत समस्या समाधान गर्न तयार रहेको बताइन् ।

उनले भनिन्, ‘हामीले एक अर्कालाई दोष लगाएर उम्कन सक्ने अवस्थामा छैनौ, त्यस कारण गम्भीरतापूर्वक समीक्षा गरौँ, सरकारको तर्फबाट हामी आत्म समीक्षा गर्न तयार छौ, नीतिगत रुपमा कहाँ के समस्याको समाधान गर्न पर्ने हो हामी तयार छौ । तर कार्य सम्पादनको सवालमा तपाईँहरूले आत्म समीक्षा गर्नुपर्छ । आत्म समीक्षालाई मूल बनाउ अर्कालाई दोष दिने कुरा सहायक मात्र बनाऔँ । ’उनले कमजोरीलाई सुधार गर्न योजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प गर्न आवश्यक भएको पनि बताइन् ।

उनले भनिन्, ‘आज हामीले अघि सारेका सेवा सुधारका योजनाहरू र आय वृद्धिमा कार्ययोजनाहरुको प्रगतिको स्मरण र मूल्याङ्कन गर्ने समय हो । साथै हासिल गर्न नसकेका उपलब्धीको कारण के हो त्यसको समीक्षा गर्दै कमीकमजोरीलाई सुधार गर्न योजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्प गर्ने दिन पनि हो ।’

दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्यौलत हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अगाडि बढाइरहेको भन्दै कर्मचारीहरूको सेवा सुविधालाई व्यवस्थित गर्न आग्रह गरिन् ।

नेपाल टेलिकम नेपाल सरकारको अधिक्तम स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र लक्ष्य पूर्ति गर्न ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नेगरि आफ्नो नीति, योजना तथा कार्यक्रम अनुसार काम गर्न निर्देशन दिइन् । कार्य योजना र लक्ष्य अनुसार अघि बढ्दै फोरजी सेवाको विस्तार, अप्टिकल फाइबर योजनाहरू छिटो सम्पन्न गर्न, सेवाको गुणस्तरमा सुधार गर्न, आय चुहावटको नियन्त्रण गर्न पनि मन्त्री शर्माले निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस