काठमाडौँ । कोशी प्रदेश र पहिचानवादी पक्षबीच वार्ता हुने भएको छ । नाम खारेजीको माग गर्दै आएको पहिचानवादी पक्षले प्रदेश सरकारसँग माघ २५ र २६ गते दुई दिन वार्ता गर्ने जनाएको हो ।
बुधबार सम्पन्न प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको दुईदिने बैठकले प्रदेश सरकारसँग वार्ताका लागि ११ जनाको वार्ता समिति समेत गठन गरेको पहिचानसहितको प्रदेश नं १ पुनः नामाकरण अभियान समितिले जनाएको हो ।
समितिका अनुसार संयुक्त संघर्ष समितिलाई वार्ताको लागि आव्हान गरिएको पत्रानुसार वार्ताका लागि किरात याक्थुंग चुम्लुंगका उपाध्यक्ष गोविन्दबहादुर आंगबुहांग, किरात राई यायोखाका उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्जु संघीय लिम्बूवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिंगदेन, नेकपा (एस) लिम्बू संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बू, नेकपा माओवादी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राई, लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्रकुमार चौधरी तोकिएका छन्। अध्यक्ष थेगिमले माघ २५ र २६ गते हुने वार्ता उपलब्धिमूलक हुने अपेक्षा गरेका छन् ।