२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोयोटा यारिसको नयाँ संस्करण क्रस हाइब्रिड अब नेपाली बजारमा 

अ+ अ-

काठमाडौँ । जापानी अटोमोबाइल निर्माता टोयोटाले निर्माण गरेको टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रतिनिधिले उक्त मिनी हाइब्रिड एसयुभी शुक्रबार राती बजारमा सार्वजनिक गरेका हुन् । 

यारिसको पुरानो मोडललाई अपडेट गरिएको यारिस क्रस हाइब्रिडमा धेरै सुविधा थपिएका छन् । आधुनिक सेफ्टी फिचर र पावरफुल हाइब्रिड इन्जिन विकल्प उपलब्ध हुनेछ । 

यस्तै,अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट उपलब्ध छ। पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट दिएको बिक्रेताले जनाएको छ ।

यारिस क्रस एसयुभी पहिलेभन्दा बढी पावरफुल बनाइएको तथा कारमा नयाँ क्यामेरा र राम्रो राडार स्क्यानिङ रहेको छ । यो कारमा प्रि(कोलिजन सिस्टम, अपडेटेड एडाष्टिभ कुज कन्ट्रोल, एक्सेलेरेसन सप्रेसन, सेफ एक्जिट असिस्ट र रियर सिट रिमाइन्डर सिस्टम एडीएएस जस्ता उत्कृष्ट सुरक्षा सुविधाहरू रहेका छन् । 

२०२४ टोयोटा यारिस क्रस हाइब्रिड १३० मा १.५ लिटर एनए पेट्रोल इन्जिन र थप पावरफुल एलेक्ट्रिक मोटरको प्रयोग गरिएकाले १३० हर्स पावर र १८५ एनएमएको पीक टर्क जेनेरेट दगर्न सक्ने बताइएको छ । 

जसमा यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाइ १६१५ एमएम छ। यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्च को टायर पाउन सकिन्छ।यसको डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी-आई इन्जिन रहेको छ भने ग्राउन्ड क्लियारेन्स भने २१० मिमी रहेको छ । यसको ब्याट्री  प्रकार लिथियम-आयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड जस्ता विशेषता पाउन सकिनेछ । 

यस्तै, सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी-लक ब्रेकिङ सिस्टम, इमरजिनसि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुवै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको छ। 

यसको आधिकारिक मूल्य नेपाली बजारमा मूल्य १ करोड २२ लाख रहेको छ।