१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिहीनलाई लालपुर्जा वितरण तीव्र बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्री रावलको निर्देशन

लालपुर्जा वितरणमा ढिलाइ नगर्न निर्देशन, कनकाईमा ६४ वर्षदेखि बसोबास गर्दै आएका ५०० परिवार अझै जग्गाधनी प्रमाणपुर्जाविहीन।

अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको काम तीव्र बनाउन झापाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएकी छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय झापामा जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग भेटघाट गर्दै मन्त्री रावलले लामो समयदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्या सम्बोधन गर्न प्रशासनिक प्रक्रियालाई गति दिन निर्देशन दिएकी हुन्।

उनले लालपुर्जा वितरणका लागि आवश्यक काम अघि बढिसकेको उल्लेख गर्दै अब प्रक्रियागत ढिलाइ र बहानाबाजी स्वीकार्य नहुने स्पष्ट पारिन्।

‘काम अगाडि बढिसकेको छ। कामलाई अझ तीव्रता कसरी दिन सकिन्छ भनेर छलफल भएको छ। यो भएन, त्यो भएन भन्ने अब बहानाबाजी हुनेछैन,’ मन्त्री रावलले भनिन्।

यसअघि मन्त्री रावलले कनकाई नगरपालिकाको सुरुङ्गामा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र गुनासा सुनेकी थिइन्।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले पटक पटक आश्वासन पाए पनि जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपुर्जा प्राप्त गर्न नसकेको विषय उठाएका थिए।

त्यसको जवाफमा मन्त्री रावलले वर्तमान सरकारले भूमिहीनको समस्या समाधानलाई प्राथमिकतामा राखेको बताउँदै लालपुर्जा वितरण गरेरै परिणाम देखाउने प्रतिबद्धता जनाइन्।

‘तपाईँहरूलाई जो आउँछन्, आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुन सक्छ,’ उनले भनिन्, ‘यहाँहरू ढुक्क हुनुहोस्। यो सरकारले लालपुर्जा दिने हो, आश्वासन होइन।’

मन्त्री रावलले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलको उपस्थितिमा स्थानीय भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई छिट्टै लालपुर्जा उपलब्ध गराउने विश्वास दिलाइन्।

कनकाई नगरपालिका–६ का वडाध्यक्ष लक्ष्मी ओलीले आफ्नो वडाका करिब ५०० परिवार विसं २०१९ देखि बसोबास गर्दै आएको भए पनि हालसम्म जग्गाधनी प्रमाणपुर्जा पाउन नसकेको जानकारी गराइन्।

लामो समयदेखि एउटै स्थानमा बसोबास गर्दै आएका नागरिकले समेत लालपुर्जा प्राप्त गर्न नसकेको अवस्थाबारे जानकारी लिएपछि मन्त्री रावलले सम्बन्धित निकायलाई काममा तीव्रता दिन निर्देशन दिएकी हुन्।

झापा भ्रमणकै क्रममा उनले दमक नगरपालिका-८ का भूमिहीन तथा अव्यवस्थित बसोबासीसँग समेत भेटघाट गरी उनीहरूका गुनासा सुनेकी थिइन्।

त्यस्तै, दमकमा सहकारी पीडितहरूसँग छुट्टै भेट गर्दै मन्त्री रावलले बचतकर्ताको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको बताइन्।

0 Comments