२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा काठ काट्ने विद्युतीय आरासहित चार जना पक्राउ 

अ+ अ-

डोटी । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तका सामानसहित चार जना पक्राउ परेका छन् ।

खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार शुक्रवार राती डोटीको पूर्वीचौकी गाउँपालिका-२ मा पर्ने रानीढुङा मध्यवर्ती सामुदायिक वन क्षेत्रको हाँडेढुङाको खोलाको किनारबाट निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र खप्तड राष्ट्रिय निकुञ्जको गस्ती टोलीले काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तका सामानसहित चार जनालाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट सानो खालको विद्युतीय आरा, नौ वटा तिलाइलो रुखको फुरु (गाँठो) चार वटा स्पिलिङ ब्याग, वासुलो नाम गरेको हृयामर, खाद्यान्नहरू, सलाई, लाइटर, र दुई वटा विद्युतीय आराको ब्लेड लगायत बन्दोबस्तका सामानहरू सहित बरामद गरिएको पौडेलले बताए ।

डोटी, अछाम, बझाङ, र बाजुरा जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाइने तिलाईलो जातको रुखको गाँठो काटेर अवैध रूपमा बिक्री वितरण हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निकुञ्ज प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको समेत पौडेलले बताए । फुरु (गाँठो) काट्ने निहुँमा अन्य जडीबुटी तथा वन पैदावार चोरी सिकारी समेत हुने सम्भावना हुने भएकोले यस तर्फ निकुञ्ज प्रशासन सक्रिय रहेको समेत पौडेलले बताए ।  पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।