८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविको उपकुलपति छनोट नियमसंगत रहेको शिक्षा राज्यमन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको बताएकी छन् ।

उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । उक्त सर्च कमिटीले दरखास्त माग गर्दा ४३ जनाले आवेदन दिएकामा त्यसबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ ।

सर्टलिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिको नाममा प्रश्न उठेपछि संसदको शिक्षा समितिले सोमबार शिक्षामन्त्री राईलाई बोलाएको थियो । तर समितिमा शिक्षामन्त्रीको सट्टा शिक्षा राज्यमन्त्री प्रमीला कुमारी उपस्थित भएकी थिइन् ।

उनले कसैका विरुद्ध सिफारिस समितिमा उजुरी नपरेको बताइन् । पूर्वउपकुलपति तीर्थ खनियाँलाई बौद्धिक चोरीको आरोप लागेको छ तर उनी सर्ट लिस्टमा परेका छन् ।

शिक्षा राज्यमन्त्री प्रमीलाकुमारीले उनीविरुद्ध उजुरी नपरेको बताइन् । ‘पूर्वपदाधिकारी हुनुहुन्छ। बुद्धिक चोरीको आरोप लाग्यो तर उहाँको सम्बन्धमा उजुरी परेन’, उनले भनिन् ।

हाल त्रिवि उपकुलपतिको जिम्मेवारीमा रहेका शिवलाल भुसालमाथि पनि सूचना लुकाएको आरोप छ । तर उनको विषयमा पनि उजुरी नपरेको मन्त्री कुमारीले बताइन् । ‘जो निमित्त भिसी हुनुहुन्छ । सर्ट लिस्टमा पर्नुभएको छ, उहाँको विषयमा पनि उजुरी परेको छैन । सिफारिस समितिले प्रोसेस अगाडि बढाएको छ । कानुन संगत छ’, उनले भनिन् ।

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले सिफारिस समितिले मेरिटको आधारमा कुलपति छनोट गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस