९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्।

सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई नै दोषी किटान गर्दै लेखेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हटाउन नसकेको पनि उनले बताए।

‘दोषी हो भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो, मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो तोकेर भनेको छ,’ उनले भने, ‘मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ। नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री।’

आयोगले नै दोषी करार गरिसक्दा समेत पदमा बसिरहन मिल्छ ? भनेर उनले प्रश्न समेत गरेका छन्।

त्यस्तै, उनले यसरी सरकारले लोकतन्त्रकै मजाक बनाइरहेको पनि टिप्पणी गरेका छन्।

‘जुन दोषका कारणले मान्छेको ज्यान गएको छ। जुन दोषका कारणले प्रहरीहरू कारबाहीमा परेका छन्। अप्रिय स्थिति बनेको छ, त्यस्तो मन्त्री बसिरहन मिल्छ ? के हो लोकतन्त्र ? लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ ? यो गठबन्धनले यो काम गरिरहेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस