८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुम्बई इन्डियन्सलाई पराजित गरेको दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लियो 

अ+ अ-

काठमाडौँ । वुमन्स प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २९ रनले पराजित गरेको छ । दिल्लीमा भएको खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९२ रनको विशाल योगफल तयार पारेको थियो ।

 जवाफमा मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रनमात्रै बनायो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले आक्रामक सुरुआत गरेको थियो । ४.३ ओभरमा ४८ रन बनाउँदा पहिलो विकेटको रूपमा दिल्लीले सेफाली बर्मालाई गुमायो । बर्माली १२ बलमा २८ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरिन् । कप्तान मेघ लेनिनलाई साथ दिन आएकी एलेस केप्सीले सम्हालेर खेल्दै २० बलमा १९ रन जोडिन् । उनी आउट हुँदा दिल्लीको स्कोर ७९ रन रहेको थियो । 

तेस्रो विकेटको रूपमा कप्तान मेघ नै आउट भइन् । उनी अर्धशतकीय पारिका साथ क्रिजबाट बिदा भइन् । उनले ३८ बल फेस गर्दा दुई छक्का र छ चौका प्रहार गरिन् । चौथो विकेटको रूपमा मरिजान कापले ११ रन बनाएर आउट हुँदा दिल्लीले १५१ रन बनाएको थियो । अन्तिमसम्म क्रिजमा रहेकी जेमिमाह रोड्रिगेजले ३३ बलमा ६९ रनको नटआउट पारि खेले पछि दिल्लीले मुम्बई इन्डियन्स सामु चुनौतीपूर्ण लक्ष्य दिएको हो । यस्तै, जेस जेनसेन ४ रनमा नटआउट रहिन् । मुम्बईका लागि सबनम इस्माइलन, साइका इसहाक, पुजा बस्त्राकर, हेले म्याथ्युज सबैले एक एक विकेट लिए ।

विशाल लक्ष्य पछ्याएर मैदान उत्रिएको मुम्बईको सुरुआत नै खराब रह्यो । लगातार विकेट पतन हुँदा जित निकाल्न असफल भयो । यास्तिका भाटिका जम्मा ६ रन बनाएर आउट भइन् । त्यसपछि नाट सेभरले ५ रन जोड्दा कप्तान हरमनप्रित कौरले ६ रन बाहेक दोहोरो अंक बनाउन सकिनन् । कौर आउट हुँदा मुम्बईले २९ रनमा तेस्रो विकेट गुमाएको थियो ।

चौथो विकेटको रूपमा ओपनर हेले म्याथ्युज २९ रन बनाएर आउट हुँदा मुम्बई दबाबमा आएको थियो । मुम्बईको त्यसपछि पनि लगातार विकेट गर्‍यो ।  एमिला केरले २० बलमा १७ रन बनाएर पाँचौ विकेटको रूपमा पभेलियन फर्किइन् । अमजोत कौरले २७ बलमा ४२ रन बनाउँदै टिमलाई खेलमा फर्काउने प्रयास गरिन् । सातौं विकेटको रूपमा पुजा बस्त्राकर १७ रन बनाएर आउट हुँदा हुमारिया काजी ६ रनमा पभेलियन फर्किइन् । सजीवन साजनले १४ बलमा नटआउट २४ रनको पारि खेल्दा पनि हार टरेन ।

मुम्बईको मिडिल अर्डर ध्वस्त पार्ने क्रममा दिल्लीकी जेस जेनसनले सर्वाधिक तीन विकेट लिइन् भने मारिजान कापले २ विकेट हात पारिन् । 

जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ५ मध्य चार खेलमा जित निकाल्दै ८ अंक बनाएको छ । दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर रहेको छ । उनको ६ अंक रहेको छ भने मुम्बई इन्डियन्सको पनि समान ६ अंक रहे पनि रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ । युवी वारियर्स ४ अंकका साथ चौथो स्थानमा रहँदा गुजरात जायन्टसले खाता पनि नखोली पुच्छारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस