११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई लेखकको प्रश्न : १४ महिनामा के चाहिँ गर्नुभयो ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काल्पनिक कुरा गरेर गठबन्धनलाई झुक्याएको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री दाहालले गठबन्धनका मूल्य र मान्यतालाई भत्काएर एकतर्फी गठबन्धन तोडेको आरोप लगाएका हुन् ।

उनले भने,‘नेपाली काँग्रेसले गठबन्धनमा भएका निर्णय र सहमतिलाई इमान्दारिता, निष्ठा र मर्यादाका साथ पालना गर्‍यौँ । तर पछिल्लो समय गठबन्धनमा अविश्वास हुनेगरि गतिविधि भए । राजनीतिमा मर्यादा र सम्मानले मात्र पुग्दैन । प्रधानमन्त्रीले गठबन्धनका मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनका सहमतिहरू तोडेर एकतर्फी ढंगले गठबन्धन फेर्नुभयो ।’

प्रधानमन्त्रीले काँग्रेस गठबन्धनमा रहेकाबेला देशमा सुशासन विकास र सामाजिक न्याय भएन भन्ने गरेको भन्दै लेखकले १४ महिनामा के चाहिँ गर्नुभयो तपाईँले ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘जनचाहाना अनुसार सुशासन विकास र सामाजिक न्यायको आकांक्ष पूरा गर्न भनेर लेखेको रहेछ । पोहोर साल प्रधानमन्त्री हुनुभएको १५ महिना लाग्दै छ । १५ महिनापछि सुशासन विकास र सामाजिक न्याय भएन भन्नु भएछ त्यसो भए यो १४ महिनामा के चाहिँ गर्नुभयो तपाईँले ? प्रश्न उठ्छ कि उठ्दैन् । यहाँ त उहाँले गरेको बढो काम सुनाउनुभयो । अहिलेको कुरा साँचो हो कि फाल्गुन २१ गते गरेको हस्ताक्षर साँचो हो रु यस्ता काल्पनिक कुरा गरेर राजनीतिमा झुकाउन सकिदैन् । एक छिनलाई सकिएला तर सधैँ सकिँदैन् ।’

उनले भने, ‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो । जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौँ ।’

प्रधानमन्त्रीको कदमले राजनीतिक अस्थिरता बढेर गएको लेखकको टिप्पणी थियो ।उनले भने, ‘हामीले गठबन्धनप्रति इमान्दारिता देखाएका थियौँ । हामीले इमान्दारिता देखाउँदा पनि गठबन्धन भत्काउने काँग्रेसप्रति विश्वासघात भएको ठहर गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस