२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीआईबीले भन्यो-सत्य र तथ्यपरक समाचार मात्र प्रकाशित गर्नु

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सत्य र तथ्यपरक समाचारहरुमात्र प्रकाशित गरी सहयोग गरिदिन अनुरोध गरेको छ । 

१४ के.जी. सुन भन्सार चोरी पैठारी मुद्दामा फरार प्रतिवादी पक्राउ सम्बन्धमा सीआईबीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो आग्रह गरेको हो । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले विज्ञप्ति निकालेर १४ के.जी. सुन तस्करी प्रकरणमा सीआईबीले कुनै अनुसन्धान नगरेको स्पष्ट पारेका छन् ।

‘त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट अनुसन्धान भइरहेको १४ के.जी. सुन भन्सार चोरी पैठारी मुद्दामा फरार प्रतिवादी पक्राउ गरी सहयोग गरी दिने भनी भन्सार कार्यालयको अनुरोध पत्रको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मुद्दामा संलग्न फरार प्रतिवादी वर्ष ६२ का जीवन कुमार गुरुङ (ना.प्र. ८७) लाई कानून बमोजिम मिति २०८०/११/१४ गते पक्राउ गरी सोही दिन आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको हो,’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बन्धमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट नै अनुसन्धान भइरहेको र यस कार्यालयबाट सो मुद्दा सम्बन्धमा कुनै अनुसन्धान नभएको हुँदा विभिन्न सञ्चार माध्यमहरूमा यस कार्यालयको हवला दिँदै प्रकाशित समाचारहरू प्रति गम्भीर ध्यानाकर्षण भएको छ । यस कार्यालयसँग सम्बन्धित समाचारहरू प्रकाशित गर्दा सत्य र तथ्यपरक समाचारहरुमात्र प्रकाशित गरी सहयोग गरिदिनु हुन समेत सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा यस कार्यालय हार्दिक अनुरोध गर्दछ ।’