१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महराका बाबु-छोरा प्रहरी हिरासतमा, यस्तै संयोग थियो रायमाझीको पनि

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को कार्यालय पुर्‍याइएको छ । 

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सोमबार कपिलवस्तुको पकडीबाट नियन्त्रणमा लिएका महरालाई प्रहरीले गौतम बुद्ध विमानस्थल हुँदै काठमाडौँ ल्याई सीआइबीको कार्यालय पुर्‍याएको हो । महराविरुद्ध मुद्दा उठाएर थुनाका लागि म्याद थप्न सरकारी वकिल कार्यालयमा लैजाने सीआइबीको तयारी छ ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले सुन तस्करीमा महराको संलग्नता रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको सीआइबीलाई निर्देशन दिएका थिए । सोही अनुसार उनीमाथि अनुसन्धान गर्न सोमबार पक्राउ गरिएको हो । 

सुन तस्करी प्रकरणमा छोरा राहुल पक्राउ परेको झन्डै ७ महिनापछि महरा पक्राउ परेका हुन् । यसअघि महराका छोरा राहुल गत भदौ १३ मा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान भइरहेको छ । सीआइबीले सुरुमा उनीहरूलाई अनुसन्धानमा ल्याउन आनाकानी गरेको थियो । तर, सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भएको छ ।

साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङ मुछिएका छन् ।

महरा साढे चार वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेका हुन् । महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा पक्राउ परेका थिए । महरालाई जिल्ला अदालतले सफाइ दिएको थियो ।

बाबु–छोरा नै हिरासतमा पुगेको नमिठो संयोग यसअघि एमाले नेता टोपबहादुर रायमाझीको पनि थियो । रायमाझीको जस्तै नमिठो संयोग अहिले महराको बनेको छ । रायमाझीका बाबु–छोरा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । टोपबहादुर २०८० वैशाख ३१ र छोरा सन्दीप २०८० वैशाख २० मा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस