७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैर वामपन्थीहरूको सरकार बन्ने सम्भावना नरहेको प्रधानमन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल काँग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरूको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले बागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै गठबन्धन फेर्ने निर्णय हठात् नभई रणनीतिक भएको दाबी गरेका हुन् ।

‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित बाटो छैन भन्ने लाग्यो’, वामपन्थीहरू कमजोर बन्दै पश्चिम बंगालकै हालतमा पुग्ने खतरा भएपछि जोखिम लिएको भन्दै उनले भने, ‘अहिले नै पार्टी एकता भनिएको छैन, तर वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउने हाम्रो लक्ष्य छ ।’

नयाँ गठबन्धन बनेसँगै आफ्नो सरकार ढाल्ने शक्ति केन्द्रहरूले प्रयास गरेको उनले सुनाए । तर तत्काल दुई ठूला पार्टी काँग्रेस र एमाले मिल्ने सम्भावना नरहेको उनले बताए । ‘गैर वाम सरकार बन्न सङ्ख्यात्मक हिसाबले त असम्भव छैन’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘तर त्यो हुने म देख्दिनँ ।’

समीकरण बनाउन मात्र होइन, सरकारलाई काममार्फत सहयोग गर्नसमेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सकारात्मक रहेको प्रचण्डले नेताहरूलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस