२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राना थारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी 

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका राना थारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन् ।

नेपाल राना थारु युवा समाजले पहिलो पटक शनिबार काठमाडौँमा गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको राना थारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताए ।

कैलाली र कञ्चनपुरका बस्तीको विकास तथा सुदूरपश्चिमको पहिचानमा राना थारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उनले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । मन्त्री भण्डारीले लिखित रुपमै उत्पादनमुखी कार्यक्रम ल्याउन राना थारु युवा समाजलाई आग्रह गर्दै व्यावसायिकरुपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने बताए ।

विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका राना थारु समुदायको पहिचान सिङ्गो देशले देख्ने गरी काठमाडौँमा होली मिलन कार्यक्रम आयोजना गरेकामा उहाँले सो कार्यको प्रशंसा गरे । कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम रानालगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको राना थारु समुदायको उत्थानका लागि गर्नुपर्ने विषयमा चर्चा गरेका थिए।