८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला उद्यमशीलतालाई सशक्त बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमशीलतालाई सशक्त बनाउनुपर्ने जोड दिएका छन् ।

‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ महिला उद्यमी महासङ्घले आज ललितपुरमा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले महिलाको मात्र स्वामित्व रहने गरी कुनै औद्योगिक ग्राम तथा क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा सरकारले स्थान उपलब्ध गराउने बताए । सरकारले चाँडै महिला उद्यमशीलताको प्रवर्द्धन तथा सहजिकरण गर्ने कानुन ल्याउन लागेको उनको भनाइ थियो । 

आर्थिक क्रियाकलाप तथा बाहिरी गतिविधिमा महिलाको संलग्नता नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आर्थिक गतिविधिमा महिलाको संलग्नताबिना देशमा विकासको सम्भावना नरहेको बताए । उनले व्यापार र लगानीका गतिविधिमा महिलालाई अगाडि बढाउन सरकारले दृढ सङ्कल्पका साथ लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा प्राथमिकता दिएको बताए । 

मन्त्री भण्डारीले ‘मेड इन नेपाल’ कार्यक्रममा महिला उद्यमीलाई सहभागी गराएर महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको अन्तर्राष्ट्रियकरण गराउन सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गरे । उद्यमशीलतामा महिला सहभागितालाई बढावा दिन मन्त्रालयका तर्फबाट सक्दो सहयोग रहने उनले उल्लेख गरे । मन्त्रालय महिला उद्यमीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली महिलाले सञ्चालन गर्ने उद्योगलाई मन्त्रालयले विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । 

यही चैत १६ गतेदेखि सुरु भएको उक्त मेलामा देशका विभिन्न ठाउँका महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तु प्रदर्शनीमा राखिएको महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस