११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सी डिभिजन लिगको तयारी पूरा, विजेताले १० लाख पुरस्कार पाउने

अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा हुने शहीद स्मारक सी डिभिजन लिगको तयारी पूरा भएको छ । एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सुरु हुने सी डिभिजन लिगको तयारी पूरा भएको जानकारी गराएको हो ।

सी डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा उपत्यकाका ९ र उपत्यका बाहिरका ५ क्लब छन् । एन्फाले सी डिभिजन लिग करिब तीन महिना चल्ने जनाएको छ । सिङ्गल राउण्ड रोविनका आधारमा हुने लिगका कूल ९१ खेल हुनेछन् ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । आवश्यक परेमा भने च्यासल रंगशाला र दशरथ रंगशालमा पनि सी डिभिजन लिगका खेलहरू खेलाउने सकिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

यसैगरी एन्फाले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि समेत सार्वजनिक गरेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित नगद १० लाख हात पार्नेछन् । उपविजेताले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी ‘फेयर प्ले’ खेल्ने टोलीले ५० हजार पाउनेछन् ।

सर्वोकृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ३५ हजार प्राप्त गर्नेछन् भने हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले ५ हजार पाउनेछन् ।

एन्फाको अनुसार लिगको कूल बजेट ३ करोड, ५५ लाख २८ हजार ३५८ छ । लिगको खेल हेर्नका लागि साधारणतर्फ १०० र भिआइपीतर्फ २०० टिकट दर कायम गरिएको र टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा बिक्री गरिने एन्फाले जनाएको छ ।

प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्सलाई प्रदान गरिएको छ । यस्तै लिगका खेलहरू प्राइम टिभी र क्यानडा नेपालको युट्युबबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

बिहीबारदेखि सुरु हुने सी डिभिजन लिगको उद्घाटन खेलमा सुर्खेतको आरसी ३२ एफसी र ललितपुरको खालीबारी युवा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा आरसी ३२ एकेडेमी र खालीबारीसहित सानेपा क्लब, रानीवन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सिखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, सोसियल वेलफेर स्पोर्ट्स सेन्टर क्लब, सामाजिक युथ क्लब, महावीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन र बागमती युथ क्लबले खेल्नेछन् ।

प्रतियोगितामा पहिलो पटक उपत्यका बाहिरका ५ टिमले सहभागिता जनाउन लागेको एन्फाले जनाएको छ । जसमा बागमती युथ क्लब (सर्लाही), गोलबजार युथ क्लब (सिराहा), आरसी ३२ फुटबल एकडेमी (सुर्खेत), रानीवन स्पोर्ट्स क्लब (बाजुरा) र स्पोर्ट्स एकेडेमी साँगा (काभ्रे) छन् । यस बाहेक काठमाडौँबाट ५ र ललितपुरबाट ४ क्लब छन् ।

प्रतिक्रिया दिनुहोस