२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ

अ+ अ-

डोटी ।  सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन् । 

बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन् । उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट निस्किएकामा नफर्किएपछि खोजी गर्दा चैत १३ गते बिहान घट्टभित्र मृत फेला परेकी थिइन् । 

मृतककी भाइबुहारी डम्मरी थापामगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्तीमगरको नाममा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यमुनाले ढुङ्गा, हँसिया र बन्चरो टाउकोमा प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए । 

पक्राउ परेकी यमुनामाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।