२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

अ+ अ-

दैलेख । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिए ।

नेपालगन्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो ।

“सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको थियो । दुई वटा क्रेनको सहायताले ट्रक उठाइएको छ”, प्रमुख जिल्ला अधिकारी भुसालले भने ।

चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन् ।

विसं २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । सोही बमोजिम २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो । हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ ।