काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद जाने भएका छन् ।
भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रपति पौडेल भिमाद जाने भएका हुन् ।
राष्ट्रपति पौडेल आउँदो वैशाख ३ गते म्याग्दे गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि तनहुँ जाने कार्यक्रम तय भएको छ ।