काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ। हरिनगर गाउँपालिकाका सबै वडा र देवानगंज गाउँपालिकाको वडा नम्बर १ र ७ मा आज दिनको १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो।
शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।
अत्यावश्यक काम परे सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने भेला, धार्मिक, राजनैतिक सभा, र्याली, भेलाजम्मा प्रदर्शन लगायतको कुनै कार्यक्रमहरू नगर्न र नगराउन समेत सूचनामार्फत जनकारी गराएको छ।