६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेशम चौधरीलाई अध्यक्षको मान्यता नदिनुको कारण पेश गर्न आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको छ।

चौधरीले आफूलाई अध्यक्षको मान्यता दिन माग गर्दै शुक्रबार दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो।

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बाटोको म्यादबाहेक १५ दिनभित्र निर्वाचन आयोगले अध्यक्षमा चौधरीलाई अस्वीकार गर्दै रञ्जीता श्रेष्ठलाई नै मान्यता दिनुको कारण पेश गर्न भनेको हो। सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको हो।

गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसहमत रूपमा अध्यक्षमा निर्वाचित गरेको थियो। श्रीमतीसमेत रहेकी श्रेष्ठको असन्तुष्टिका बाबजुद उनी सर्वसहमत अध्यक्ष चयन भएका थिए। अधिवेशनपछि अध्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले फागुन २४ गते चौधरीलाई अध्यक्षको मान्यता नदिने र श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको थियो।

आयोगले चौधरी टिकापुर घटनामा दोषी ठहर भएकाले दलको सदस्य नै हुन अयोग्य रहेको ठहर गरेको छ। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई सजाय भोगकोले नैतिक पतन देखिने फौजदारी अभियोग लागेका व्यक्तिलाई दलको सदस्यता नै दिन नहुने अवस्थामा अध्यक्ष परको कुरा भएको आयोगको निर्णय छ।

प्रतिक्रिया दिनुहोस