७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस सरकारले दियो थप ८ दिन सार्वजनिक बिदा

अ+ अ-

काठमाडौँ । मधेस सरकारले संघ सरकारले दिएको बिदाबाहेक थप ८ दिन प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

संघ सरकारले वर्ष २०८१ को वैशाखदेखि चैतसम्मको विभिन्न चाडपर्व, दिवस, जन्मजयन्तिको अवसरमा निर्धारण गरेको बिदा सार्वजनिक गरेपछि त्यसमा थप ८ दिन बिदा दिने गरी मधेस सरकारले राजपत्रमा प्रकाशित गरेको छ।

संघ सरकारले गत माघ २९ गते २०८१ सालका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि निर्धारण गरेको बिदाका अतिरिक्त मधेसमा थप आठ दिन बिदा दिन चैत ११ गते मधेस सरकारबाट निर्णय गरेर प्रदेशको राजपत्रमा प्रकाशित गरिएको हो।

जसअनुसार मधेस सरकारले २०८१ साल वैशाख २ गते सिरुवा पावनी, जेठ ४ गते शुक्रबार जानकी नवमी, पैगम्बर मोहम्मदको जन्मदिनमा पछि यकिन हुने गरी बिदा दिएको छ।

यस्तै, छठ पर्वको भोलिपल्ट कार्तिक २३ गते शुक्रबार, सीताराम विवाह पञ्चमीको दिन मंसिर २१ गते शुक्रबार, बलिदानी दिवसको दिन माघ ५ गते शनिबार, तराईमा मनाइने होलीको भोलिपल्ट चैत २ गते शनिबार र रामनवमीको अवसरमा चैत २४ गते थप बिदा दिने निर्णय भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस