२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत : गृहमन्त्री लामिछाने 

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्र पन्थीमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।  

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान-२०८१’ को समुद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछानेले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे । 

गृहमन्त्रीले भने, ‘ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा छ । त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढंगले सवारी चलाएको छ कि छैन भन्ने कुरा हेर्ने नियमन गर्ने निकाय अर्को छ । रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने जुन परिपाटी छ त्यो परिपाटी नै ठिक छैन । त्यसलाई परिवर्तन गर्नुपर्ने छ ।’  

गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई एकदमै कडाइ गर्नुपर्छ भन्ने पक्षमा आफू नभए पनि राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए । 

‘कुनै ठाउँभित्र एट ९८० बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढंगले लाइसेन्स दिइएको छ । यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ । तर सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु,’ उनले थपे, ‘बाबुआमाले माया गरेर परीक्षामा यति प्रतिशत अङ्क ल्यायौ भने बाइक किन्दिन्छु भन्नु एउटा कुरा हो । तर, त्यो बाइक गाडी चलाउने हैसियत बनाउनु अर्को कुरा हो । तर लाइसेन्स चाहिँ त्यसरी पाउनुहुँदैन ।’

सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको र त्यसमा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै उनले त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्ने बताए । 

लामिछानेले आफूले नेतृत्व सम्हालेपछि ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन उपलब्ध गराइदिन आग्रह गरे । ‘सडक यातायात सुधार कार्यदलको रिपोर्ट पूरा भएको कुरा आएको छ । त्यो रिपोर्ट जतिसक्दो छिटो मलाइए उपलब्ध गराउनु भयो भने यसको कार्यान्वयनको अग्र पन्थीमा म आफू अगाडि बढ्छु र त्यसमा सम्पूर्ण सङ्गठनलाई अगाडि लैजाने म प्रतिबद्धता व्यक्त गर्छु’ गृहमन्त्री लामिछानेले भने ।