२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम-२ उपनिर्वाचन : काँग्रेस उम्मेदवार खड्काले ल्याए ८ बुँदे अवधारणा

अ+ अ-

इलाम । इलाम-२ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै खड्काले आफूलाई विजयी गराउन आग्रह गरेका हुन् । 

काँग्रेस इलामको सभापति समेत रहेका खड्काले ‘समृद्ध इलाम’ को परिकल्पनासहितका आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । उनले इलामेली किसानको मुद्रामा सहयोग गर्ने गरी आफूले काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

सडक, शिक्षा, उद्यमशीलता, पर्यटन र इलामलाई डिजिटल बनाउनेसम्मका कुरा अवधारणा पत्रमा उल्लेख गरेका छन् । ‘इलम इलाम’ नाम दिइएको अवधारणा पत्रमा जनतालाई रोजगार र उद्योगतर्फ अगाडी बढाउने सहितका कार्यक्रम ल्याएका छन् । 

इलाममा २०८२ सालमा लगानी सम्मेलन गर्ने, सोही वर्ष इलाम भ्रमण वर्ष घोषणा गरेर जिल्लाको विकासमा लागिपर्ने उनको सङ्कल्प छ । तर यी मुद्दा सफल बनाउन इलाम क्षेत्र नम्बर दुईका जनताले आउने चुनावमा रुख चुनाव चिन्हमा मतदान गरेर आफूलाई जिताउन उनको आग्रह छ ।

उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कुल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन् । 

उनले ‘इलम इलाम’ अवधारणाले इलाम २ वासीको आवश्यकता, आकाङ्क्षा, मर्म र अनुभूति आत्मसात् गरेको बताएका छन् । उनले आफ्नो गठबन्धन नितान्त जनतासँग रहेको उल्लेख गर्दै इलामे जनताको सेवामा सधैँ समर्पित हुने पनि जनाएका छन् । 

विगत लामो समयदेखि जनताको सेवामा आफू लागेको भन्दै उनले जनताको मनमनमा गठबन्धन गरेको बताएका हुन् । जनता अप्ठ्यारोमा परेको समयमा आफूले सहयोग गरेको भन्दै उनले जनताले यस पटकको निर्वाचनमा आफूलाई नै मतदान गर्ने उनको भनाई छ ।

यही वैशाख १५ मा हुने उपनिर्वाचनमा १९ उम्मेदवार मैदानमा छन् । काँग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी उम्मेदवार बिच मुख्य प्रतिस्पर्धा हुँदैछ ।