२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘होस्टेल-३’ को घोषणा

अ+ अ-

काठमाडौँ । फिल्म ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल-३’को घोषणा गरिएको छ । म्युजिक भिडियो निर्देशनमा स्थापित सशान कँडेलले निर्देशन गर्ने ‘होस्टेल-३’ को कथा सशानकै हो भने पटकथा माधव शर्माले लेखेका छन् ।

यसअघिका दुई फिल्म ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को निर्माण सुनील रावलले गरेका थिए । निर्माता रावल यतिबेला अमेरिकामा छन् । निर्माता रावलले ‘होस्टेल ३’मा आफू पनि महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई फिल्म बनाउन अनुमति दिएका छन् । निर्माता रावलले २०७६ सालमा आफ्नै निर्देशनमा फिल्म ‘होस्टेल ब्याक अगेन’ बनाउने तयारी गरे पनि हालसम्म उक्त फिल्म बन्न सकेको छैन ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ’होस्टेल ३’ बनाउनेछ । फिल्ममा शिशिर ज्ञवाली निर्माता, शंकर कोइराला कार्यकारी निर्माता र सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता हुनेछन् ।

वि.सं. २०७० सालमा रिलिज भएको फिल्ममा ‘होस्टेल’मा हेमराज बिसी र २०७२ मा रिलिज ‘होस्टेल रिटन्र्स’ सुरज भुषालले निर्देशन गरेका थिए । ‘टीनएज ड्रामा’मा आधारित यी दुवै फिल्म बक्सअफिसमा हिट भएका थिए । ‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए ।

‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी र ‘होस्टेल रिटन्र्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सुशील सिटौलालगायतका कलाकारले अभिनेता तथा अभिनेत्रीका रूपमा ‘डेब्यू’ गरेका थिए ।

निर्देशक कँडेलले निर्देशन गरेको पुष्पन प्रधानको ‘बाबुको जुङो’, राजेश राईको ‘तोडियो तोडियो’, प्रमोद खरेलको ‘अन्त माया’, ‘आफू दुःखी बनेर’ गीतको भिडियो चर्चित छन् । कँडेलकै स्वर रहेको ‘एक दिन त जाने हो संसार छोडेर’ रुचाइएको गीतमा पर्छ ।

‘होस्टेल ३’मा ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को प्रोडक्सन सम्हालेका यमप्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन् । यसै वर्षको अन्त्यमा रिलिज गर्ने तयारी रहेको फिल्मको कलाकार र प्राविधिक चाँडै फाइनल गरिने निर्देशक कँडेलले बताए ।