काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा. केशरजंग बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र सार्वजनिक गरिएको छ ।
उपकुलपति बरालले त्रिवि उपकुलपति पदका भएको खुला प्रतिस्पर्धात्मक प्रस्तुति तथा अन्तर्वार्तामा प्रस्तुत गरेको ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ त्रिविको वेबसाइटमा राखिएको हो ।
२३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ मा उपकुलपति बरालले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारितास विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरता: आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण: विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने: र विश्वविद्यालयको पारदर्शिता र जवाफदेहितासम्बन्धी अवधारणा राखेका छन् ।
उपकुलपति बरालले त्रिविको समग्र उत्तीर्ण दर कम देखिएकोले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी देखाएको उल्लेख गरेका छन् ।
सोच-पत्र :







