२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण

अ+ अ-

भरतपुर (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना-१ को थाप्राङ-तिपाङलाई जोडेको छ । 

बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताए । 

चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । अध्यक्ष गुरुङले भने, “पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ ।” पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ । 

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरूलाई थप नजिक बनाएको बताए । “तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्”, उनले भने, “यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिँडडुल गर्न सजिलो हुनेछ ।” 

पुल निर्माणका लागि २०७८ सालमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । “भौगोलिक विकटताका कारण निर्धारित समयमा सम्पन्न हुन सकेन”, बस्नेतले भने, “अझै पनि यहाँ बिजुली र बाटोघाटोको समस्या छ । जनश्रमदानबाट पुल निर्माण गरिएको हो । फलामको काम बाहेक सबै स्थानीय सामग्री र श्रमदान प्रयोग गरिएको छ ।”

धादिङबाट चितवन आएका राजेश चेपाङ पुल निर्माण भएपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए । उनले पहिले बर्खाको समयमा आवतजावत बन्द हुने गरेको अनुभव सुनाउँदै पुल बनेपछि निकै खुसी लागेको बताए । थाप्राङ माइत भएकी सुनिता चेपाङ पुल नहुँदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने भएकाले खुसी लागेको बताए। उनले पहिलो पटक पुल तरेर आउँदा निकै उत्साहित भएको बताए । गाउँपालिका, जिल्ला समन्वय समिति र  सहभागी नेपाल संस्थाको करिब रु ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो ।