२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढाकाकुमारलाई आरोप लाग्नासाथ हटाएको होइन ? भन्दै रविमाथि विश्वप्रकाशले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै आफूहरूले दोषी करार नगरेको भन्दै छानबिन हुनुपर्ने बताएका छन्।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई आरोप लाग्नासाथ हटाएको कुरालाई स्मरण गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरेका हुन्।

उनले भने, ‘गृहमन्त्रीलाई सहकारी ठगीको दोषी नै हो भन्दिनँ, यति भन्छौँ तपाईँको विषयमा उठेका प्रश्नको गम्भीर छानबिन हुनुपर्छ। ढाकाराम श्रेष्ठले दुर्गा प्रसाईँसँग दुई करोड मागे रे कुनै प्रमाण थिएन, कुनै डकुमेन्ट थिएन, उनलाई सांसद पदबाट बर्खास्त गर्न लेखेर दिए। ए कस्तो लोकतन्त्र ? कस्तो न्याय ? सांसदलाई आरोप मात्रै लाग्दा उसको पद बर्खास्त गर्नुपर्ने, अनि सभापतिको सन्दर्भमा दर्जनौँ प्रमाण हुँदै गर्दा छानबिन गर्नुपर्दैन भन्ने यो कस्तो लोकतान्त्रिक पद्धति हो ?’

उनले सहकारी पीडितहरूलाई न्याय दिनको लागि इलामका जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।

उनले थपे, ‘यो बेलामा इलामले गम्भीरतापूर्वक सोच्न जरुरी छ, हामीले दिएको मतले छानबिनको प्रक्रिया रोकियोस्, ५० हजारभन्दा बढी मानिसहरूको डुबेको छ ती रोइरहुन् भनेर।’