९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित 

अ+ अ-

काठमाडौँ । कप्तान ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो ।

अन्तिम ओभरमा जित्नलाई गुजरातलाई १९ रन चाहिएको थियो । मुकेश कुमारलाई राशिद खानले पहिलो र दोस्रो बलमा चौका र पाँचौँ बलमा छक्का हाने पनि जिताउन सकेनन् । डेविड मिलर २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । राशिद खान ११ बलमा २१ रनमा नट आउट रहे ।

साइ सुदर्शन ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । कप्तान शुभमन गिल ६ र रिद्दिमान शाह २५ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

दिल्लीका राशिख सलामले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । मुकेश कुमार, एनरिच नोर्किया र अक्षर पटेलले १–१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । दिल्लीका कप्तान ऋषभ पन्तले ४३ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८८ रन बनाए ।

अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६, पृथ्वी शा ११, जेक फ्रेजर म्याकगर्क २३ र शाई होप ५ रनमा आउट भए । स्टब्सले तल्लोक्रममा ७ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए ।

गुजरातका सन्दिप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । नुर अहमदले १ विकेट लिए । मोहित शर्माले ४ ओभरमा ७३ रन खर्चिए ।

दिल्ली ९ खेलमा ४ मा जितसहित छैटौँ स्थानमा छ । गुजरात ९ खेलमा ८ अंकका साथ सातौँ स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस