वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ। घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिमको घोषण गरेको हो ।

नेपाली टिममा आकाश चन्दले स्थान बनाउँदा आरिफ शेखले पुनरागमन गरेका छन् । पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले घरेलु टिमसँग पाँच ट्वान्टी-२० खेलको शृङ्खला खेल्ने तालिका छ ।

नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी-२० विश्वकपअघि यस सिरिजलाई तयारीको रूपमा समेत लिएको छ ।

नेपालको टोली :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द ।

Tags :
प्रतिक्रिया दिनुहोस