चालु वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न उद्योग र उपभोक्ता हित समितिको निर्देशन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

चालु वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न उद्योग र उपभोक्ता हित समितिको निर्देशन


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु वर्षको खर्च निराशाजनक भएको भन्दै बजेट कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएको छ।

बिहीवार बसेको समितिको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्षको खर्चको अवस्था निराशाजनक रहेको ठहर गर्दै समितिले मन्त्रालयको बजेट कार्यान्वयनमा देखा परेका समस्याहरूको समाधान गरी बजेट कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएको हो।

समितिले नेपाली युवाहरूमा सीप विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

बैठकले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको संस्थागत क्षमता अभिवृद्धि गर्न जोड दिँदै संस्थाबाट सञ्चालन हुने तालिम, कार्यक्रमहरूलाई विश्व बजारको माग र आवश्यकता अनुसार बनाउन पनि निर्देश गरिएको छ।

समिति सभापति अब्दुल खानले नेपालमा सञ्चालित वैदेशिक रोजगार सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन तथा मूल्यांकन गरी वैदेशिक रोजगारीका क्षेत्रमा रहेका सबै प्रकारका ठगी तथा बदमासीको अन्त्य गर्न पनि निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस