एपीएफका डिआइजीको सरुवा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एपीएफका डिआइजीको सरुवा


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का १६ नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ ।

जसअनुसार नम्बर एक बराह बाहिनी सुनसरीमा शम्भु सुवेदी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीमा कालीदास धौबजी, नेपाल नम्बर ३ गढीमाई बाहिनी मकवानपुरमा गणेशबहादुर ठाडामगर, नम्बर ७ बैद्यनाथ बाहिनी कैलालीमा दीपक अधिकारीलाई पठाइएको छ ।

यसैगरी नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीमा कुलबहादुर नेम्वाङ र नम्बर ५ विन्ध्यवासिनी बाहिनी रुपन्देहीमा अभिकुमार खत्रीलाई पठाइएको छ भने ९ नम्बर पशुपतिनाथ बाहिनी काठमाडौँमा किशोर प्रधानलाई पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस