९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्जावविरुद्ध चेन्नई सुपर किंग्सलाई २८ रनको जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स विजयी भएको छ । 

चेन्नईले पञ्जाव किंग्सलाई २८ रनले पराजित गर्दै आफूलाई तालिकाको तेस्रो स्थानमा उकालेको छ । चेन्नईले ११ खेलबाट १२ अंक बनाउँदा पराजित भएको पञ्जाव भने ११ खेलबाट ८ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।

पहिले ब्याटिङ गरेको चेन्नईले रविन्द्र जडेजाको ४३ रनको उत्कृष्ट इनिङ्सका कारण पन्जाबलाई १६८ रनको लक्ष्य दिएको थियो । जवाफमा घरेलु टोली पञ्जावले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्रै जोड्न सक्यो ।

बलिङमा पनि रविन्द्र जडेजाले उत्कृष्ट प्रदर्शन गर्दै ३ महत्त्वपूर्ण विकेट लिए । कप्तान रुतुराज गायकवाड र अजिंक्य रहाणे पहिले ब्याटिङ गर्न मैदानमा आएका थिए । रहाणेको खराब फर्म जारी रह्यो र उनी ९ रन बनाएर अर्शदीप सिंहको सिकार बने । 

दोस्रो विकेटका लागि रुतुराजलाई डेरिल मिचेलले साथ दिँदै ५७ रन जोडे। राहुल चाहरले ३२ रनमा गायकवाड र पहिलो बलमा शिवम दुबेलाई आउट गर्दै चेन्नईलाई लगातार दुई झट्का दिए । 

यसपछि टोली कमजोर भयो र इनिङ्सको बीचमा डेरिल मिचेल ३० रन बनाएर पभेलियन फर्किए भने मोइन अली १७ रन बनाएर बिदा भए ।  रविन्द्र जडेजाले ४३ रनको फाइट इनिङ खेल्दै टोलीको स्कोर १५० भन्दा माथि पुर्‍याए ।

मिचेल स्यान्टनरले पनि ११ रनको योगदान दिए भने शार्दुल ठाकुर पनि १७ रनको छोटो इनिङ खेलेर आउट भए पनि १९ औं ओभरमा ब्याटिङ गर्न आएका एमएस धोनीले आज केही अचम्मको प्रदर्शन गर्न सकेनन् । 

महेन्द्रसिंह धोनी पहिलो बलमा हर्षल पटेलले क्लिन बोल्ड भएका थिए । धोनीलाई बलरले आउट गरेको यो पहिलो पटक हो । पञ्जाबका लागि राहुल चाहर र हर्षल पटेलले ३–३ विकेट लिए भने अर्शदीप सिंहले २ र साम कुरानले १ विकेट लिए ।

चेन्नईले दिएको १६८ रनको लक्ष्यको जवाफमा पञ्जाबको सुरुवात खराब रह्यो । टोलीका जोनी बेयरस्टो र रिले रुसो ९ रन बनाएर पभेलियन फर्किए । दुवै ब्याट्सम्यानलाई तुषार देशपाण्डेले पभेलियनको बाटो देखाए । त्यसपछि प्रभसिमरन सिंह र शशांक सिंहबीच ५३ रनको महत्त्वपूर्ण साझेदारी भयो । 

शशांक सिंह २७ रन बनाएर आउट भए भने प्रभसिमरन सिंहले ३० रनको इनिङ खेले । पञ्जाब टोलीको मध्यक्रम ध्वस्त भयो । कप्तान साम कुरान ७ रन, जितेछ शर्मा शून्य र आशुतोष शर्मा ३ रन बनाएर चाँडै पभेलियन फर्किए ।  चेन्नईका लागि रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए भने सिमरजित सिंह र तुषार देशपाण्डेले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस