७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

अ+ अ-

काठमाडौँ । इण्डियन प्रमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । 

सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सूर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो । ५१ बल सामना गरेका सूर्यकुमार यादव १०२ बनाएर नटआउट रहे । 

सुरुमै घाइते भएका सूर्यकुमारले १२ चौका र ६ छक्का प्रहार गरे । उनलाई क्रिजमा साथ दिएका तिलक वर्माले पनि ३७ रन बनाए । तिलकले ६ वटा चौका प्रहार गरेका थिए । 

१७४ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँचौं ओभरमा पुग्दा तीन विकेटको क्षतिमा ३१ रन बनाएको थियो । इशान किसान, रोहित शर्मा र नमन धिर आट भएपछि क्रिकेटमा पुगेका सूर्यकुमार यादव र तिलक वर्माले १४३ रनको साझेदारी गरे ।

चौथो स्थानमा रहेरको हैदराबादले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । राम्रो ब्याटिङ चल्न नसकेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८ रन बनाए पनि अन्य ब्याटरबाट राम्रो साथ पाएनन् ।

सँगै आएका ओपनर अभिषेक शर्मा ११, मायंक अगरवाल ५, नितिस कुमार रेड्डीले २०, हेनरिच क्लासेनले २, मार्को यान्सेनले १७, शहबाज अहमेदले ३ रन बनाए । अन्तिममा कप्तान प्याट कमिन्सले ३५ रन बनाएर हैदराबादलाई बलियो योगफल दिलाएका थिए । 

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र पियुश चावलाले तीन तीन विकेट बाँडे । प्लेअफमा पुग्ने ढोका बन्द भइसकेको मुम्बईले १२ खेलबाट आठ अंक जोडेको छ । ११ खेल खेलेको हैदराबादको १२ अंक छ ।

प्रतिक्रिया दिनुहोस