काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी छ । संसद्को गतिरोध अन्त्यलगायत विषयमा प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत छलफलमा सहभागी छन् ।
काँग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनु पर्ने मागसहित प्रतिनिधिसभा बैठकमा पटक(पटक अवरोध गर्दै आएको छ ।