७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिफल देखिने गरी काम गर्न कर्मचारीहरूलाई पर्यटनमन्त्री तामाङको निर्देशन

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले प्रतिफल देखिने गरी इमानदारीपूर्वक काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयको बिहीबार अनुगमनका क्रममा मन्त्री तामाङले निगमका कर्मचारीहरूलाई निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यहरूमा ढिला सुस्ती नगर्न र कसैको कारणबाट निगमलाई हानी नोक्सानी हुन गएमा सोही व्यक्ति जिम्मेवार रहने तर्फ सचेत गराउँदै यस्तो निर्देशन दिएका हुन् । निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ र सहयोग रहने उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेयले निगमका कर्मचारीहरूलाई सधैँ इमानदारीपूर्वक आ–आफ्नो कार्यमा लाग्न निर्देशन दिए । सबैले एक साथ इमानदारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्दै उनले मन्त्रालयबाट गर्नुपर्ने कार्यहरूमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाए ।

अनुगमनका लागि पुगेका मन्त्री तामाङले निगमको चालु आ.व. २०८०÷८१ को समीक्षा र आगामी आ.व. २०८१÷८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटन गरे । निगमका कार्यकारी अध्यक्षलगायत नायव महाप्रबन्धक (प्रा.), निगमका विभागीय प्रमुखहरू, निगमका दश वटै अन्तर्राष्ट्रिय स्टेसनका प्रमुखहरू, सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरू र निगममा क्रियाशील चार वटै ट्रेड युनियनका अध्यक्षहरूको उपस्थिति रहेको बैठकमा निगमका बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहालले निगमको हालको बजार स्थिति र बजारीकरणको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरूको मर्मत सम्भारमा लाग्ने पार्टपुर्जा र निगमको जहाजमा प्रयोग हुने खाद्य सामाग्रीहरूमा भन्सार छुट सुविधा उपलब्ध गराइदिन, हवाई इन्धनमा लगाइएको कर छुट गर्ने तर्फ पहल गरिदिन, विमान चालक तथा अन्य कर्मचारीहरूको सेवा सुविधा वृद्धि गर्न अनुरोध गरे । मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सबल बनाउन सहयोगको लागि मन्त्रालय समक्ष उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस