२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

अ+ अ-

बाग्मती । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।विश्वव्यापी रूपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा रु २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सो अवधिको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व सङ्कलन हो ।

उपमहानगरपालिकाले चालु आवमा रु ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा रु २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए ।

उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करबाट रु पाँच करोड ९४ लाख २० हजार, घर बहाल करबाट रु चार करोड ६६ लाख ८७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु चार करोड ५९ लाख ८६ हजार, बहाल बिटोरी करबाट रु दुई करोड पाँच लाख ४७ हजार, सिफारिस दस्तुरबाट रु दुई करोड ८६ लाख ३१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक करोड ९४ लाख २४ हजार, सरकारी सम्पत्ति बहालबाट रु एक करोड ९६ लाख, ढुङ्गा, गिट्टी, बालुवा बिक्रीबाट रु एक करोड ८० लाख, नक्सा पास दस्तुरबाट रु ७८ लाख ६२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत रु ५१ लाख ३२ हजार दुई सय ५५ राजस्व सङ्कलन भएको श्रेष्ठले बताए ।

गत आव २०७९/८० को १० महिनाको तुलनामा यो करिब रु तीन करोड ८२ लाख २५ बढी राजस्व सङ्कलन भएको हो । उपमहानगरपालिकाले गत आव २०७९/८० मा रु ३४ करोड ९३ लाख पाँच हजार दुई सय राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा साउनदेखि वैशाखसम्म विभिन्न शीर्षकमा रु २२ करोड ५३ लाख छ हजार आठ सय ९४ राजस्व सङ्कलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क उपमहानगरपालिकाले उठाउँदै आएकामा गत आव २०७९/८० बाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहका सरकारमा राजस्व सङ्कलन हुन थालेको छ । चालु आवमा घरजग्गा कारोबारमा कमी आउनु, ढुङ्गा, गिट्टी, बालुवा निकासी ठेक्का लगाउन नसक्नु, सिमेन्ट निकासीको ठेक्का लाग्न नसक्नु, सडक पूर्वाधार मर्मत सम्भारको ठेक्का लाग्न नसक्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको श्रेष्ठको भनाइ छ ।